प्रहरी प्रभाग बालकुमारी पनि आगजनी
प्रहरी प्रभाग बालकुमारीमा पनि आगजनी भएको छ । प्रदर्शनकारीहरुले बालकुमारी प्रभागमा आगजनी गरेका हुन् । अहिले ठाउँ ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
आज सरकारी निवास, नेताका घरहरुमा आगजनी र तोडफोड भएका छन् । सोमबार भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ ।