मोरङमा कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको छ ।बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभरी कर्फ्यु आदेश जारी भएको बताए । अत्यावश्यक बाहेकका सवारी साधन आवतजावत, सभा, जुलुस, भेला जस्ता कार्य नगर्न भनिएको छ ।