थलीमा चाँदीको काम गर्ने कारखानामा आगलागी हुँदा ५ लाख बराबरको क्षति
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित मिलनचोकमा आगलागीबाट ५ लाख बराबरको क्षति भएको छ । मंगलबार कृष्ण रसाइलीको घरमा सञ्चालित चाँदीको काम गर्ने कारखानामा ग्याँस चुहिएर आगलागी भएको थियो ।
स्थानीय र सशस्त्र प्रहरीसँग समन्वय गरेर आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । बोहराका अनुसार आगलागीबाट ५ लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।