प्रधानमन्त्री दाहाल भोलि मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि भारत जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार छिमेकी मुलुक भारत जानु हुने भएको छ ।
नरेन्द्र मोदीको प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री दाहाल शनिबार भारतमा जान लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि आवश्यक तयारी गरिरहेको छ ।
मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहालसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे सहभागी हुने जनाइएको छ । श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेलाई पनि शपथ ग्रहण समारोहमा आमन्त्रण गर्नुभएको हो । उहाँले मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा पठाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्नु हुने भएको हो। भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि मोदाी प्रधानमन्त्री बन्न लाग्नुभएको छ ।
मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला भारत जानुभएको थियो। त्यसैको निरन्तरताका लागि प्रधानमन्त्री दाहाल भारत जान लाग्नुभएको हो ।