प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रवार पनि भेटवार्ता हुने भएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दहाल र ओलीबीच भेटवार्ता बाक्लो बन्न थालेको छ । हिजो बिहीबार पनि दुई नेताबीच यही विषयमा भेटवार्ता भएको थियो । आज पनि अपरान्ह ३ बजे भेटवार्ताका लागि सयम तय भएको छ ।
बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको त होइन ? भन्ने खालको आशंका व्यक्त गरेका थिए ।