निर्विरोध नेतृत्व चयन गर्न अध्यक्ष लिङ्देनको महिला संगठनलाई आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले, सहमति मै नेतृत्व चयनका लागि पार्टी निकट राष्ट्रिय प्रजातन्त्रीक महिला संगठनलाई आग्रह गरेका छन् ।
सोमबार राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रीक महिला भातृ संगठनको बन्द सत्र कार्यक्रममा धुम्बाराही पुगेका लिङ्ेदेनले, नयाँ नेतृत्व सकेसम्म निर्विरोध चयन गर्न निर्देशन दिए ।
‘पार्टीको सचिवालय,महामन्त्री,उपाध्यक्ष सबैले सहजीकरण गर्नुहुनेछ, सरसल्लाहबाट टुङ्ग्याएर सकेसम्म सर्वसम्मत गरौं ।’ उनले भने ।
संगठन भित्र ठूलो, समस्या नदेखिएकाले निर्वाचन भन्दा पनि सहमतिमै भातृ संगठनको नेतृत्व चयन गर्नुपर्ने उनको भनाई छ ।
उनले आवश्यक परे प्रदेशगत रुपमा छुट्टाछुट्टै छलफल गरेरै भएपनि सकेसम्म निर्विरोध नेतृत्व चुन्न आग्रह गरे ।