राष्ट्रिय गौरबको आयोजनामा सरकारको ध्यानगएनः सांसद, देवकोटा
काठमाडौंँ । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले राष्ट्रिय गौरबको आयोजनामा सरकारले ध्याननदिएको टिप्पणी गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमासांसद देवकोटाले सरकारले राष्ट्रिय गौरबको आयोजनामाचासो नदिएकाले समयमाकामहुननसकेकोबताइन् । सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धितआयोजनामा सरकार गम्भिर नभएको उनको तर्क छ ।
उनले भनिन् ‘सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित जस्ता कामगर्न सकिदैन भने राष्ट्रिय गौरवकानामाकरण नगरौँ राष्ट्रिय गौरवकाआयोजनालाई नछेक्ने गरी नीतिगत रुपमा निर्णय गरेर छिटो छरितो रुपमा सम्पनगर्न काममा सबैको ध्यानजानआवश्यक छ ।’
सरकार आयोजनाशिलान्यासको ध्याउन्नमामात्रै लागेको उनको आरोप छ ।
‘त्यतातर्फ सरकारको ध्याननगएको मलाई लाग्छ । राष्ट्रिय गौरवको आयोजनाभनेकै आफु आयो सरकार आयो राष्टिय गौरवको नामाकरण गरियो राष्ट्रिय गौरवकाआयोजनाशिलान्यास भयो भन्ने मात्रभयो । ’
तहगत संरचनाबीच समेत राम्रो सहकार्य हुन नसेको उनको ठहर छ । उनले भनिन् ‘आयोजनालाई मन्त्रालयअन्र्तगत समाधानगर्न नसक्नु लाजमर्दो कुरा हो । समन्वय, सहकार्य र अस्तित्वको कुरा गछौ । संविधानमा लिपिबद्ध छौ मन्त्रालयअन्र्तगत सम्वन्ध सुधार्न सक्दैनौ।’
‘अहिले तहगत संरचनाको कुरा गर्दा स्थानीयतह,प्रदेश र संघ छ ।’ उनले भनिन् ‘संघले प्रदेशको अधिकार मिच्यौ भन्ने प्रदेशले स्थानीयतहको अधिकार मिच्यौ भन्ने एकले अर्कालाई अत्यन्त संकीर्ण रुपले हेरिरहेको अवस्था छ ।’