अन्तर्राष्ट्रिय नारी दिवस युरोपमा रहेका नेपालीले मनाउँदै
युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला नेतृ तथा अधिकारकर्मीले आ–आफ्ना विचार राख्ने छन् ।
प्रवासी नेपाली मञ्च अस्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाका अनुसार कार्यक्रममा पूर्वमन्त्री, सांसद, काठमाडौँ महानगरपालिकाकी उपमेयरलगायत गैरआवासीय नेपालीहरूको सहभागिता रहने छ ।
कार्यक्रममा समृद्ध नेपाल निर्माणको लागी महिला सहभागिता, राज्यको दायित्व विषयमा निवर्तमान मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना विचार राख्ने भएकी छन् ।