द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय पाउनुपर्छ
राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्।
अध्यक्ष थापाले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताए । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा अध्यक्ष थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएको छ । उनीहरुका परिवारले न्याय पाउनुपर्छ।’
थापाले हत्यालाई वर्गाीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता हुन नसक्ने बताएका छन्।उनले लेखेका छन् : ‘हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’