बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात
बलिउड अभिनेत्री सुष्मिता सेनलाई हृदयाघात भएको छ । उनले इन्स्टाग्राम अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । ४७ वर्षकी नायिकाले आफ्नो एन्जियोप्लास्टि गरिएको पनि बताइन् ।
आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘‘आफ्नो मुटुलाई खुसी र साहसी राख र यसले तिमीलाई त्यति बेला साथ दिनेछ जब तिमीलाई यो सबैभन्दा बढी खाँचो पर्छ, सोना’ (यो भनाई मेरो विद्वान बुवाको हो ) ।’
यो सँगै उनले थपेकी छिन्, ‘केही दिन अघि मेरो हृदयाघात भयो । एन्जियोप्लास्टी पनि गरियो । यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो ।’
‘समयमा नै सहयोग गर्ने धेरैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले थपिन् ।