गृह नभई हुन्न भनेर रास्वपाले अप्ठ्यारो पार्यो: पार्टी बैठकमा प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् ।
बिहीबार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिए ।
‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’
नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।