प्रमुख प्रतिपक्ष दल दाबी गर्दै नेमकिपाद्वारा सभामुखलाई पत्र
बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेमकिपाले सभामुखलाई पत्र बुझाएको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । सरकारको विपक्षमा मतदान गर्ने एउटै मात्र दल नेमकिपा नै भएकाले सभामुखसमक्ष दाबी पेस गरेको नेमकिपाले जनाएको छ ।
नेमकिपाले गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएको थियो ।