राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिइन्
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा सोमबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।