नेपाली नागरिक बन्न सफल भए रवि लामिछाने, पुरानो नागरिकता पुनः कायम
अन्ततः रवि लामिछानले नेपाली नागरिक बनेका छन् । सर्वोच्च अदालतको शुक्रबारको फैसलापछि अनागरिक बनेका उनले आइतबार जिल्ला प्रशासन कार्यालयबाट पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले आइतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए ।
सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार उनले सामान्य प्रक्रियाबाट नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता प्रक्रिया पुरा गर्न उनी आइतबार बिहान प्रशासन पुगेका थिए।