बालेनलाई धेरै मत एमालेको प्रभाव क्षेत्रमा
शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् ।
६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहको १ हजार १६८ मत छ ।
यी वडाहरुको करिब आधा मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् । यो वडामा तीन हजार तीन सय ६० मतदाता रहेकामा तीन हजार ३५४ मत खसेको छ ।
वडा नं. १ को अध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसबाट किरण श्रेष्ठ, माओवादी केन्द्रबाट अर्जुन महर्जन र नेकपा एकीकृत समाजवादीबाट पुष्पकाजी श्रेष्ठ उम्मेदवार छन् ।लाजिम्पाट क्षेत्र पर्ने वडा नं. २ मा बालेनले ५३० मत पाउँदा स्थापितले ३१३ र सिंहले १७७ मत पाएकी छन् ।