निर्वाचनको अघिल्लो दिन भरतपुरमा प्रचण्डको दौडधुप
स्थानीय तह निर्वाचनका लागि तोकिएको मौन अवधिमा चितवनमा केन्द्रीय नेताको दौडधुप बढेको छ।
मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न नपाउने भनिए पनि पार्टीका केन्द्रीय नेतानै मतदातालाई प्रभावमा पार्नेगरि दौडधुप गरिरहेका छन्। भरतपुरको निर्वाचनलाई लक्षित गरेर उनीहरूले आचारसंहिताको ख्यालै नगरी मतदातासँग भोट मागिरहेका छन्।
गठबन्धनको अर्को दल नेपाली कांग्रेसका नेता शंकर भण्डारी पनि भरतपुर बसेर मतदातालाई भेटिरहेका छन्। उनले कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा रहेका कार्यकर्ता तथा मतदातालाई भेटेर गठबन्धनतिर तान्न प्रयास गरिरहेका छन्। उनले भरतपुर हाइटमा रहेको होटल सिराइचुलीमा बसेर मतदातालाई फकाउने गरेका छन्।