नेपालको पहिलो शहीद लखन थापा होइनन् बाकावीर हुन् : ओली
प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लखन थापा नेपालको पहिलो शहीद नभएको बताएको छन् ।
शुक्रबार एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाकावीर भएको बताएका हुन् ।
अध्यक्ष ओलीको अनुसार पहिलो शहीदको विषयको बुझाइमा सबैमा दोधारपन रहेको छ र बाकावीर राणाशासनविरुद्ध लडेर पहिलो शहीद भएका हुन् । उनीपछि पहिलो शहीद भनिएका लखन थापा र योगमायाहरुले विद्रोह गरेको अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपालको पहिलो शहीद बाकावीर भने पनि लोक सेवाको पाठ्यक्रममा र अहिलेसम्म नेपालको पहिलो शहीद भनेर लखन थापालाई चिनिन्छ । विकिपिडियाका अनुसार लखन थापा मगर नेपालका पहिलो शहीद हुन् ।
उनलाई सन् २००० फ्रेबुअरी २३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो। राणा शासनविरूद्ध विद्रोह गरेका मगरलाई वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो।