खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
प्रहरीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका ४० वर्षीय मोहम्मद रिजवान छन् ।
उनी भारतीय नम्बरको मोटरसाइकलमा थुकैलाबाट गडियनपुरवा जाँदै थिए । रिजवानले अण्डरवेयरमा लुकाएर ल्याएको ६३ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको बाँकेका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहेको छ ।