देशैभरका साथीहरू तालमेलको पक्षमा हुनुहुन्न: महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कार्यकर्ताहरू चुनावी तालमेलको पक्षमा नदेखिएको बताएका छन्।
पछिल्लो समय करिब ५० जिल्लाका पार्टी नेता/कार्यकर्तासँग कुराकानी हुँदा तालमेलको पक्षमा नदेखिएको उनले बताए।
काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए।
काठमाडौं क्षेत्र नम्बर ४ मा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीको तल्लो तह र माथिल्लो तहबीच चुनावी तालमेलबारे कुरा नमिलेको बताए।
उनले तालमेलको निर्णय केन्द्रबाट लाद्न नहुने बताए। कांग्रेसमा मात्र नभई माओवादीलगायत पार्टीका तल्ला कमिटीमा रहेर काम गरिरहेका कार्यकर्ताले चुनावी तालमेल नचाहेको उनको भनाइ थियो।