भारतलाई बेच्ने मूल्यमा विद्युत् उपलब्ध भए निर्यात दुई गुणा बढाउन सकिन्छ : गोल्यान
उद्योगी पवनकुमार गोल्यानले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन सस्तो मूल्यमा बिजुली उपलब्ध गराइनु पर्ने माग गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित साक्षतकार कार्यक्रममा उनले भारतलाई बेच्ने मूल्यमा सरकारले आफ्नो उद्योगलाई बिजुली उपलब्ध गराए निर्यात दुई गुणा बढाउन सकिने ठोकुवा गरे ।
स्वदेशमा उत्पादन भएको बिजुली नेपाली उद्योगले नै खपत गर्ने गरी सरकारले नीति ल्याउनु पर्ने भन्दै उनले त्यसो नगरिए औद्योगिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा कठिनाइ हुने धारणा राखे ।