विराटनगरमा अघोषित लोडसेडिङ
गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् ।
अनियमित रुपमा विद्युत कटौती हुँदा व्यावसायमा घाटा भोग्नु परेको नर्सिङहोम चोकमा दूधको व्यवसाय गर्दै आएका युवराज गौतमले बताए । असार १५ यता अनियमित विद्युत कटौती हुँदा २५ हजारभन्दा बढीको दूध खेर गएको उनको गुनासो छ । विद्युत कटौती भए आउने टुङ्गो नहुने उनले बताए ।