सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धि आउँछ : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा समृद्धि ल्याउन संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै पत्रकारले निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।
शनिबार ओली निकट प्रेस संगठन मकवानपुरको जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धि आउने बताउनुभयो ।
उहाँले पत्रकारका नाममा आग्रह र पूर्वाग्रह राखेर पत्रकारिता गर्नु नहुने तर्क गनुभयो । पत्रकारले सत्य तथ्य लाई विश्लेषण गरेर मात्र सुचना प्रवाह गनुपर्ने उहाँले बताउनुभयो । पत्रकारको हक हितमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।उहाँले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट पाँच लाख रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गनुभयो ।
प्रेस संगठनका मकवानपुर संयोजक धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको भेलाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षपदका उमेद्वारकालागी बालकृष्ण अधिकारीलाई मनोनयन गरेको छ ।