लागूऔषधसहित दुई अलग–अलग स्थानबाट ५ जना पक्राउ
काठमाडौं । प्रहरीले दुई फरक स्थानबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी बराहाक्षेत्र नगरपालिका–३ का २२ वर्षीय Anil Raj Dhami रहेका छन्।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको हायसमा जाँच गर्ने क्रममा उनलाई ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेटसहित फेला पारी पक्राउ गरेको हो।
त्यसैगरी, ललितपुर महानगरपालिका–२३ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीय Dinesh Kumar Bhatta सहित अन्य तीन जना रहेका छन्।
प्रहरीका अनुसार बैठाको कोठामा गरिएको तलासीका क्रममा २१ ग्राम ४ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ फेला परेको हो।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।