कैलालीमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
कैलाली । कैलालीको कलौरी गाउँपालिका–२ मा शंकास्पद वस्तु फेला परेको छ।
स्थानीयवासीले नाली खन्ने क्रममा उक्त वस्तु फेला पारेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि नेपाली सेनाको देवीदल गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो।
टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। उक्त वस्तुको प्रकृति र स्रोतबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।