कार्यकर्ता भेला र भवन शिलान्यासका लागि प्रधानमन्त्री ओली पोखरा जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदै हुनुहुन्छ । कार्यकर्ता भेलामा सम्बाेधन गर्न र भवन शिलान्यास गर्ने उहाँ त्यसतर्फ जान लाग्नुभएकाे हाे ।
उहाँले पाेखराकाे मरसिंह चौरमा आयोजना हुने नेकपा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । साथै गण्डकी प्रदेश सरकारद्वारा नदीपुरमा निर्माण हुन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन समेत शिलान्यास गर्नुहुनेछ ।
प्रधानमन्त्री ओली साेमबार बिहान साढे ११ बजेतिर काठमाडाैँबाट यति एयरलाइन्सको जहाजमार्फत पोखरा उड्ने कार्यतालिका रहेकाे बताइएकाे छ । पाेखरा पुग्नेबित्तिकै शिलान्यास कार्यक्रममा सहभागी हुने र त्यसपछि १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएकाे छ । भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका नेता-कार्यकर्ताहरूकाे सहभागीता रहनेछ ।
साे भेला यसअघि नै तय भइसकेकाे थियाे । तर सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनर्स्थापनाकाे फैसला भएपछि भेला स्थगन गरिएको थियो ।