आज दलका शीर्ष नेताले सम्बोधन गर्ने
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयकाअनुसार दलका नेत र सभामुखबीच भएको छलफलपछि नेताहरुलाई बोल्न समय छुट्याइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलका नेताहरुलाई बैठकमा सम्बोधन गर्न समय छुट्याएको जानकारी दिए ।
अब राजनीतिक दलका तर्फबाट कसले सम्बोधन गर्ने भनेर नाम पठाउनु पर्ने हुन्छ । त्यसका लागि दलहरुले संसदीय दलको नेता, उपनेता वा प्रमुख सचेतकमध्येबाट नाम पठाउनुपर्छ । प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी ४ वटा राष्ट्रिय दल छन् । त्यसबाहेक राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद स्वतन्त्र हैसियतमा छन् ।
यसअघि फागुन २३ गते बोलाइएको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेका थिए ।