सम्भव भएसम्म बामपन्थी सरकार जोगाउनुपर्छ : माधव नेपाल समूह
नेकपा एमालेको माधबकुमार नेपाल समूहका नेताहरुले अहिलेको बामपन्थी सरकार जोगाउनुपर्ने धारणा राखेका छन् ।
बुधबार (आज) पछिल्लो परिस्थितिबारे छलफल गर्न काठमाडौंको एक होटलमा भेला भएका माधबकुमार नेपाल समूहका केन्द्रीय कमिटीका नेताहरुले सम्भव भएसम्म अहिलेको सरकार जोगाउनुपर्ने धारणा राखेका हुन् ।
माधव नेपाल समूहले नेकपा एमालेलाई अब कसरी एकतावद्ध बनाउने भन्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेको निश्कर्ष पनि निकालेको छ । त्यस्तै, पार्टी पनि पुनः दुई वटा भएको कारण तत्काल एकता सम्भव नभएपनि बामपन्थीहरुको मोर्चा भए पनि बनाएर सरकार जोगाउनुपर्ने निष्कर्ष निकालिएको बताइएको छ ।
साथै, उक्त छलफलमा सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको हैसियतमा एमालेले पुनः वाम एकताको नेतृत्व लिनुपर्ने आवाज उठाइएको थियो ।