प्रधानमन्त्री ओलीबाट नै संविधान र लोकतन्त्र खतरामा छ : अध्यक्ष दाहाल
। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै संविधान र लोकतन्त्र खतरामा परेको बताउनुभएको छ ।
प्रेस संगठन नेपाल सिन्धुलीले विहीबार (आज) सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीबाटै लोकतन्त्र, समावेसी समानुपातिक व्यवस्था र संविधान नै खतरामा परेको बताउनुभएको हो ।
अबको सत्ता गठबन्धनबाटको प्रधानमन्त्री हुन्छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री बन्ने इच्छा नराखेको बताए । उनले भन, ‘संसद विघटनपछि मैले विभिन्न कार्यक्रममा सार्वजनिक रुपमानै भनेको छु । म प्रधानमन्त्री बन्नको लागि संघर्ष हैन ।’
सञ्चारकर्मीले नेपाली कांग्रेस र माओवदी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो ? भन्ने जिज्ञासामा अध्यक्ष दाहालले छलफल भइरहेको र केही दिनमै निष्कर्शमा पुग्ने सम्भावना समेत रहेको खुलसा गर्नुभयो । अहिलेपनि आफूहरु कम्युनिष्ट एकताको पक्षमा भएको बताउदै प्रधानमन्त्री ओलीसँग आफू छलफलमा बस्न तयार भएपनि ओलीले फोन नउठाएको उहाँको गुनासो छ ।
गत फागुन ११ र २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाली राजनीति आएको परिवर्तनका बेला बुधबार प्रचण्ड परिवार सहित सिन्धुली मुड फ्रेसका लागि आएका थिए ।