मैले राजीनामा दिने सोच पनि बनाएको छैन : महान्यायाधिवक्ता खरेल
महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको बताएका छन् । केही अनलाइनमा महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्दै सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खरेलले राजीनामा नदिएको प्रष्ट पारेका हुन् ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्तामार्फत् विज्ञप्ति सार्वजनिक गर्दै खरेलले राजीनामा नदिएको प्रष्ट पारेका हुन् । खरेलले राजीनामा नदिएको र दिने सोचसमेत नबनाएको दाबी विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा यस्ता झुट समाचारको भ्रममा नपर्न अनुरोध गरिएको छ।
‘आज मिति २०७७ फागुन ११ गते विभिन्न अनलाइन सञ्चार माध्यमहरुमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको भनी प्रकाशित समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाउनु भएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र उहाँले नियमित रुपमा यस कार्यलयमा उपस्थित भएरै कामकाज गरिरहनु भएको हुँदा यस्ता झुटा समाचारको भ्रममा नपर्न सबैमा जानकारीका लागि अनुरोध गर्दछौँ ।’