मुलुकलाई स्थिरतातर्फ लाने प्रयासलाई असफल बनाउन खोजियो : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री इश्वर पोखरेलले आफूहरुले लामो समयदेखिको राजनीतिक अस्थिरताबाट आक्रान्त बनेको नेपाललाई स्थायित्व दिन चाहँदा अवरोध भएको बताउनु भएको छ ।
शुक्रबार प्रधानमन्त्रीसमेत रनुभएका केपी शर्मा ओली पक्षकाे (नेकपा)ले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले लामो समयबकाे अस्थिरताबाट आक्रान्त नेपाललाई स्थिरतातर्फ लाने प्रयासलाई असफल बनाउन खोजिएको बताउनु भयो ।
उहाँले भन्नुभयाे, ‘लामो समयदेखिको राजजनीतिक अस्थिरताबाट आक्रान्त बनेको मुलुकलाई स्थिर बनाउन चाहन्न्थ्यौँ, आर्थिक बिकास र समृद्धिबाट पछि परेको गगाडि बढाउन हामी चाहन्थ्यौँ, संविधानको रक्षा गर्दै मुलुकको अराजकतालाई अन्त्य गर्ने उदेश्य लिएर अघि बढ्ने बेलामा असफल गर्ने प्रयास भयो।’
उपप्रधानमन्त्री पोखरेलले त्यही असफल गर्ने प्रयासको बिरुद्धमा देशव्यापी रुपमा यो अभियान जारी गरिएको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफूहरुको उदेश्यलाई असफल बनाउनेहरुबिरुद्ध एतिहासिक कदम चालेको उपप्रधानमनत्री पोखरेलको भनाइ थियो ।
सम्पूर्ण जितको फैसला जनता भएको बताउदै उहाँले ताजा जनादेशको लागि जनतामा जानु पर्ने पोखरेललले बताउनु भयो । जनताले जे फैसला गर्छन् त्यसको सिरोधार्य गर्ने प्रधानमन्त्रीको ऐतिहासिक घोषणा जसरी भएपनि सफल पार्ने उहाँको भनाइ थियो ।
पार्टी एकता गर्दै गर्दा संविधानको रक्षा आर्थिक बिकास र समृद्धिको बाटो खुल्ने र राजनीतिक स्थायित्व प्राप्त हुने भनेर बनाइएको मानसिकताबिरुद्ध आज केही तत्वहरु हिडेकोले आजको अवस्था सृजना भएको उहाँले दावी गर्नुभयो ।
तर त्यस्ता प्रवृतिहरुको बिरुद्ध आफपनि कुनै कसुर बाँकी नराख्ने उपप्रधानमनत्री पोखरेलको भनाइ थियो । प्रधानमन्त्री ओली जनताको फैसला मान्न तयार रहेको तर प्रचण्ड नेपाल भने निर्वाच आयोगमा गएर निर्वाचन गरौँला, निर्वाचनको मिति तोकौला भन्दै धम्की दिदै आएको आरोप लगाउनु भयो । कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भएको र त्यही प्रवृत्तिलाइ सघाउनका लागि कुण्ठा र इर्ष्या बाँचेको अर्को प्रवृत्ति माधव नेपालले नेतृत्व गरेको थिए उनीहरुको गठबन्धन हुनुको परिणामले मुलुकमा अराजकता सुरु भएको उहाँले टिप्पणी गर्नुभायो ।
उहाँले भन्नुभयो, ‘हिजो कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो, त्यही प्रचण्ड प्रवृत्तिलाई सघाउन कुण्ठा र इर्ष्यामा बाँचेको अर्को प्रवृत्ति माधव नेपालले नितृत्व गर्नुभो, त्यो प्रवृत्तिको गठबन्धन भयो, त्यसको परिणाम स्वरुरप आज देशमा अराजकता सुरु भयो।’
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला गरिएका संकल्पहरुलाई पूरा गर्न खोज्दा प्रचण्ड नेपाल समुहले अस्वीकार गरेको उपप्रधानमन्त्री पोखरेलले आरोप लगाउनुभयो ।