चावहिलमा प्रदर्शन (फोटो फिचर)
नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव देखिएको छ।
बन्द कर्ताहरुले सडकमा प्रदर्शन गर्न थालेपछि सवारी साधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ। नेकपाले आम हड्ताललाई सफल बनाउन चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेललाई हड्तालका कमान्डर तोकेको थियो।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटो, र माधवकुमार नेपाल कोटेश्वर क्षेत्रमा सहभागी भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै नेता आम हड्ताल सफल पार्न सडक बन्द गराउँदै हिँडेका हुन्। उनीहरुसँगसँगै नेकपाका नेताहरु उपत्यकासहित देशभर आमहड्ताल सफल पार्न हिँडेका छन्।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ। अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो।








तस्विर : दशि राम थारु