देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको छ।
बैठकमा पूर्वपदाधिकारीहरू पनि सहभागी छन्। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बदलिँदो राजनीतिक परिवेशबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन्।
अपरान्ह ४ बजेदेखि बैठक जारी छ। नेकपाका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले सहकार्य गरी जान प्रस्ताव गरेको भोलिपल्ट देउवाले पदाधिकारी बैठक राखेका हुन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन्।