केपी ओलीले प्रतिनिधि सभा अकालमै मार्न खोजे : नेता विष्ट
पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्न खाेजेकाे आरोप लगाएका छन् ।
सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर कोभिडको मारमा प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।
इस्मा गाउँपालिकाका ३ र ४ का स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै नेता बिष्टले संविधानमा भएकाे अभ्यास प्रयोग गरेर जनभावना अनुसारको काम गर्नुको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउने काममा सरकार उद्धत रहेको बिष्टको भनाइ छ । आफुले बिगतमा सिटामोल खान ५ घन्टा हिडेर तम्घास बिष्टले पुगेको स्मरण गरे ।
देशभरका एक सय स्वास्थचौकीको कोटा हुँदा एक निर्वाचन क्षेत्रका प्रत्येक वडामा स्वास्थचौकीका भवनका योजना समाबेश गर्न सकिएकोमा खुशी व्यक्त गरे । दर्लामचौर स्वास्थचौकी काठमाडौ–सिद्धबाबा जेभीले २ करोड ३४ लाखमा निर्माण गरेको स्वास्थ्यचौकी इन्चार्ज गोकर्ण थापाले जानकारी दिए ।
त्यस्तै दोहली स्वास्थचौकी श्रेष्ठ कन्ट्रक्सनले १ करोड ३१ लाखमा निर्माण सम्पन्न गरेको निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले बताए ।