विस्फाेटक पदार्थसहित विप्लव समुहका २ कार्यकर्ता पक्राउ
(कालिकोट) कालीकाेटकाे नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट ठूलाे परिमाणमा खरखजानासहित विप्लव समुहका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीकाे नेतृत्वमा खटिएको टाेलीले लुकाई छिपाई राखेको विष्फाेटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हाे ।
हतियार र बम बनाउने सामान सहित पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेकाे छ ।