पुष २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आज (शनिबार) दाहाल–नेपाल समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
समितिले यही पुष २० गतेदेखि माघ २३ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो । पुष २४ गते असंवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै जिल्ला–जिल्लाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
उक्त ज्ञापन–पत्रसँगै प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक पनि दिइने बताइएको छ । यही पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेसँगै सत्तारुढ (नेकपा) ओली र दाहाल–नेपाल दुई समूहमा विभाजन भइसकेको छ ।