संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन
(काठमाडौं) संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् ।
ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए