राष्ट्रियसभा बैठक सुरु
(काठमाडौं) संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक सुरु भएको छ। अहिले राष्ट्रियसभा बैठकको विशेष समयमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन्।
बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन्।
राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो। उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो। बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए। उनीहरुले प्रतिनिधिसभा पुन:स्थापनाको माग गरेका थिए।