निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन, ‘कुनै शंका नगरी निर्वाचनमा केन्द्रित हुनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई कुनै शंका नगरी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । आइतबार मध्यान्ह बालुवाटारमा निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको हो ।
उक्त छलफलको क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने बताउँनुभयो । साथै, उहाँले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले पैसा चाहिएमा अर्थमन्त्री र सुरक्षाको काम केही आवश्यक भएमा गृहमन्त्रीलाई भन्नका लागि आग्रह पनि गर्नुभयो ।
यता निर्वाचन आयोगले प्रधानमन्त्रीलाई निर्वाचन गराउनका लागि बजेट, कानून, सुरक्षा र कर्मचारीको आवश्यकता रहेको बताएको थियो । जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने बताउँदै निष्पक्ष निर्वाचन गराउन आग्रह गर्नुभएको थियो ।