प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
(काठमाडौं) स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
छोरी गंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिइन् । अस्पतालमा भर्ना भएको तस्बिर शेयर गर्दै गंगाले लेखेकी छन्, ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शिघ्र स्वास्थ्य लाभको कामना मम्मी ।’
सीता लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।
सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।