प्रतिनिधि सभा विघटनको विरोधमा पोखरामा कांग्रेसको प्रदर्शन
(पोखरा) प्रतिनिधि सभा विघटन गरिएको विरोधमा कास्की जिल्लाका प्रमुख पूतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ। कास्कीका तीन बटै निर्वाचन क्षेत्रमा कांग्रेसले छुट्टा छुट्टै प्रदर्शन गरेको हो।
कास्कीको निर्वाचन क्षेत्र २ मा पोखराका सभागृहबाट विरोध जुलुस सुरु भइ सिमलचौरमा आएर कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै स्थानीय नेताहरुले प्रधानमन्धी केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर निरंकुश बनेको आरोप लगाएका थिए।
निरंकुश कम्युनिष्ट सरकारको विरोधमा आम नागरिकलाई एक भएर विरोधमा उत्रन नेपाली कांग्रेसका नेता देबराज चालीसे, सोभियतबहादुर अधिकारी लगायतका नेताहरुले आह्वान गरेका थिए। कास्कीका निर्वाचन क्षेत्र नम्बर १ र ३ मा पनि स्थानीय नेताहरुले सम्बोधन गर्दै गणतन्त्र र प्रजातन्त्र जोगाउन आन्दोलनमा उत्रनु परेको बताएका थिए।