नेकपामा भएको विग्रहले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला भन्नेबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।
संसद विघटन् सम्बन्धी विषय सर्वाेच्चमा पुगिसकेको र यो अदालतमा विचाराधीन विषय भएकाले दलहरुले अन्य कदम चाल्ने सम्भावना न्यून छ । सर्वाेच्च अदालतका पूर्व न्यायधिश वलराम केसी अन्तिम फैसला गर्ने काम अदालतको भएकाले अदालतले फैसला गरे अनुसार अघि बढ्नु नै कानुसम्मत हुन्छ ।
यद्यपि पौष १७ सम्म संसद पुनःस्थापना नभएमा राजनीतिक निर्णयबाट संसदको बैठक बोलाउने सम्बन्धमा पनि छलफल भइरहेको छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि उनको पार्टी नेकपा फुटको संघारमा छ । पार्टी फुटेको घोषणा नगरिएपनि दुईपक्षले एक अर्कालाई कारवाही गर्ने, निष्कासन गर्ने र नयाँ केन्द्रीय सदस्य थप गर्ने सम्मका काम गरिरहेका छन्।
यसै विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म २५ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ । मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले आधिकारीक रुपमा नेकपा र सूर्य चुनाव चिन्ह कसको होला,नेकपामा भएको विग्रहले नेपालको राजनीतिमा कस्तो प्रभाव पर्ला भन्ने कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :