चिनियाँ उपमन्त्रीद्वारा प्रचण्डसँग भेटवार्ता
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । आइतबार बेलुकी उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका उनले सोमबार प्रचण्डलाई भेटेका हुन् आज बिहान चिनियाँ उपमन्त्रीको टोली खुमलटारमा पुगेको थियो ।
आइतबार नै प्रधानमन्त्रीलाई भेट्नु अगाडि टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा चिनियाँ टोलीले नेपालका नेताहरुलाई भेट्नु चासोको रुपमा लिइएको छ ।
चिनियाँ टोलीले नेकपालाई फेरि एकताका डो-याउन लबिङ गरिरहेको छ । नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा सबै शीर्ष नेताहरुसँग कुराकानी भएको स्रोतले बताएको छ ।