बाबुराम भट्टराई : पूर्वराजा र राजावादीहरूले अरु जे सुकै दावी गर तर आफूलाई राष्ट्रवादी नभन
पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको बताउनुभएकाे छ ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा भएको राजावादीहरुको प्रदर्शनप्रति इंगित गदै उहाँले पूर्वराजा र राजावादीहरुले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ भनेर भन्न नहुने बताउनुभएकाे छ । उहाँले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत बताउनुभएकाे छ ।
उहाँले राजवादीहरुले देश बाहिर भइरहेको धर्मको राजनीतिसँग राजावादीहरुको सालनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेतावनी पनि दिनुभएकाे छ ।
“पूर्व राजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई’राष्ट्रवादी’चैं नभनून्!उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून्,” डा. भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ, ” नेपालमा गणतन्त्रको जग हल्लिदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ सोचून् !”
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका ४ खुट्टा भएको डा. भट्टराईले बताउनुभएको छ । यी मध्ये कुनै एक खुट्टा भाचिच्दा पुरै खाट लड्ने उहाँले बताउनुभयो ।
‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून्। चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !’, उहाँले लेख्नुभएकाे छ ।