डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा बैंकका सहायक म्यानेजरको मृत्यु
डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने २८ वर्षीय सुरेश विष्ट समीर ट्याक्टर दुर्घटना परी मृत्यु भएको हो ।
अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको थियो । ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिएकाछन ।
उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन् । उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो । उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी न्यौपानेले जानकारी दिएका छन ।
विष्ट कुमारी बैंक डडेल्धुराका सहायक म्यानेजर तथा समुदायक रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ पदमा कार्यरत थिए।