डोटीको डाक्टर केआईसिंह राजमार्ग अवरुद्ध हुदा दर्जनौँ सवारी साधन तथा यात्रुहरु अलपत्र
डोटी । डोटीमा निरन्तरको वर्षाका कारण पहिरो झरेपछि स्याले दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग अवरुद्ध बन्दै गएको छ ।राजमार्ग अन्तर्गतको डाडावनमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले जानकारी दिनुभयो ।
सडक राजमार्गनै अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन तथा यात्रुहरु अलपत्र समेत परेका छन् । अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय कुल्पातेबाट डोजर पठाइएको जनाएको छ ।
सोमबार रातिदेखिनै लगातार वर्षाको कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका सडकहरु ठाउ ठाउमा अबरुध भइरहेको छन।