दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी, नियन्त्रणको प्रयास जारी
काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ ।
बिहान ८ः५५ बजे आगलागी भएको सूचना प्राप्त भएपछि दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगलागीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।
आगलागीको कारण भने खुल्न सकेको छैन ।