घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको हो।
हाल पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण तिहार मनाउन घरतर्फ जान लागेका यात्रुहरू प्रभावित भएका छन्। राजमार्ग अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
पहिरो हटाउने काम सम्पन्न भएपछि मात्रै राजमार्गमा यातायात सञ्चालनमा आउनेछ। प्रहरीले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।