दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार बिहान ८ बजेर ५५ मिनेटमा आगलागी सुरु भएको हो आगलागी भएपछि सुरक्षाकर्मी तथा दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रहरीका अनुसार हालसम्म आगलागीबाट कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। आगलागीको कारण तथा भौतिक क्षतिको विवरण भने खुल्न बाँकी छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।