सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध ८ उजुरी
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन् ।
समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो । शुक्रबारसम्म आठवटा उजुरी प्राप्त भएको समितिले जनाएको छ ।
उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकिएकाले उजुरीको संख्या थप बढ्न सक्ने समितिको भनाइ छ । गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
उक्त सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो । प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीमाथि समितिले आवश्यक छानबिन तथा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।