सञ्चारकर्मी विनोद नेपाली ‘क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६’ बाट सम्मानित
काठमाडौं । सञ्चारकर्मी विनोद नेपाली ‘तेस्रो क्रिएटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
पत्रकारितामार्फत सत्य, निष्पक्षता र जनउत्तरदायित्वको पक्षमा निरन्तर योगदान पुर्याएको कदरस्वरूप उनलाई ‘सञ्चारकर्मी सम्मान–२०२६’ प्रदान गरिएको हो।
दैलेखको आठबीस नगरपालिका–६, रोलमा जन्मिएका नेपाली लामो समयदेखि पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न चुनौती र संघर्षका बीच जनताको आवाजलाई प्राथमिकता दिँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्दै आएका छन्।
काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा मुक्तिनाथ विकास बैंक तथा कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको प्रमुख आतिथ्यतामा उनलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा एट्रियम म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक विजेन्द्र नौबागले सम्मानपत्र हस्तान्तरण गरेका थिए।
पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका नेपालीले यो सम्मानले आफूलाई थप उत्साहित बनाएको बताएका छन्। उनले आगामी दिनमा पनि सत्यतथ्य समाचार सम्प्रेषण र जनताको आवाजलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सम्मानले उनको आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप सक्रिय र जिम्मेवार भएर अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।